रामचन्द्र पौडेल भन्छन–’देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २८, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् । सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे ।

बुधबार कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताएका हुन् । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनले बताए ।

उनले भने– ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक–पटक गर्दै आयौं । तर नेपाली काँग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताए । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटक पटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी समेत पौडेलले गरे । उनले भने– ‘यो मिच्ने बानी पर्यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिँड्नुहुन्थ्यो एकताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले काँग्रेसलाई क्षति पुर्यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षति पुर्यायो र घायल बनायो ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस