भदौमा होला मन्त्री हेरफेर ? क-कसको सम्भावना ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १, सोमबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद समाधानका गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । अध्यक्षद्वयबीच मन्त्रिमण्डलका सदस्य परिवर्तनका विषयमा सहमति जुटेको स्रोतको बताएको छ । त्यसका लागि आज बिहान बस्ने सचिवालय बैठकमा औपचारिक संवाद सुरु हुने बालुवाटार स्रोतले बताएके छ ।

पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीको रुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल लगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए । वागमती, प्रदेश ५ र प्रदेश १ मध्ये दुईवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । नेकपाभित्र सबै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने विषयमा पनि छलफल चलिरहेको छ ।
राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस