बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, विवाद समाधानको बिषयमा छलफल केन्द्रित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १, सोमबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ९ बजेबाट सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको थियो । ३ साउन पछि आज सचिवालय बैठक सुरु भएको हो । बैठकमा पार्टी भित्रको विवाद कसरी समाधान गर्ने विषयमा छलफल भइराखेको एक सदस्यले जानकारी दिए ।

आजको बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने भएको छ । पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए। पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस