भाद्र १, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ प्रकाशले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।