भाद्र १ काठमाडौ । नेपाल आयल निगमले पटकपटक मूल्य वृद्धि गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आइतबार मध्येरातीबाट लागू हुने गरि पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ (वी. पी.) ले आफ्नो फेसबुक पेजमा हिजो बेलुका एक विज्ञप्ति लेख्दै ध्यानाकर्षण भएको जनाएको हो । यसै अघि नै असारमा दुईपटक स्वचालित मुल्यको खिलापमा मूल्य वृद्धि गरिएको भन्दै आयल निगममा ज्ञापनपत्र बुझाउदै संघले मुल्य वृद्धि तथा मुल्य अभिवृद्धि (भ्याट) कर बाहेक अन्य शिर्षकमा लगाईएका कर खारेज गरि उपभोक्तालाई सुलभ दरमा बिक्रीवितरण गर्न माग गरेको थियो । उक्त ज्ञापनपत्र बुझ्दै आयल निगमले मुल्य वृद्धि फिर्ता र कर खारेजको आश्वासन दिदै कर खारेज गरेमा उपभोक्तालाई पेट्रोल प्रती लिटर रु ४३ सम्ममा बिक्री गर्न सकिने बताएकोमा आफ्नो मागलाई वेवास्ता गरि पटकपटक मूल्य वृद्धि गरिएको तर कर खारेज तर्फ नसोचेको भन्दै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर चालक तथा व्यवसायीलाई ट्याङ्कर नचलाउन चेतावनी दिएको छ । आफ्नो चेतावनीलाई गम्भीरतापुर्वक नलिगे त्यसबाट हुने घटनाको जिम्मेवार पनि नेपाल आयल निगम, सरकार र ट्याङ्कर चालक तथा व्यवसायी आफै हुने पनि चेतावनी दिएको छ ।
विज्ञप्तिको पुर्ण पाठ
नेपाल आयल निगमले पटकपटक गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रती नेपाल विद्यार्थी संघ (वी. पी.) को गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल विद्यार्थी संघ (वी. पी.) ले पटकपटक नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लगाइएको कर छुट दिई उपभोक्तालाई सुलभ दरमा बिक्रीवितरण गर्न माग गर्दा नेपाल आयल निगमले हाम्रो माग वेवास्ता गरिए १ महिनामा पटकपटक मूल्य वृद्धि गरिरहेको आज पुन मध्यरातबाट लागू हुने गरि गरिएको मुल्य वृद्धि प्रती हाम्रो गम्भीर ध्यानाकर्षण हुँदै नेपाल आयल निगमको यश निर्णय प्रती गम्भिर आपत्ती जनाउदछ । साथै हाम्रो मागलाई वेवास्ता गरिएकोले नेपाल विद्यार्थी संघ (वी. पी.) ले अब गर्ने जस्तोसुकै कदमको जिम्मेवार नेपाल आयल निगम र नेपाल सरकार हुने छ । साथै ट्याङकर व्यसायीहरुलाई पेट्रोलियम पदार्थमा लगाइएको कर मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक अन्य कर छुट नभए सम्म ट्याङ्कर नचलाउन आग्रह गर्दछ । यति हाम्रो मागको वेवास्ता गरि अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ भरी अन्यत्र डिपो तर्फ लागेमा कारबाही हुने छ । त्यसको जिम्मेवार ट्याङ्कर चालक तथा व्यसायी एवम नेपाल आयल निगम र सरकार स्वयंम हुनेछ ।