भाद्र २, काठमाण्डौ । कोरोनाभाइरस संक्रमण भएका नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ। ३७ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा। रवि शाक्यका अनुसार उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको हो । केही समयअघि गिरीको पेटको शल्यक्रिया भएको थियो । तर, स्वास्थ्य समस्या भएपछि उनी गएको ३० साउनमा पाटन अस्पताल भर्ना भएका थिए ।
शाक्यका अनुसार पाटन अस्पताल भर्ना हुँदा उनको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो । उनको पाटन अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको थियो ।