आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको तलब सार्वजनिक, कस्ले कति पाउने भए ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब सार्वजनिक गरेको छ । आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो । यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो ।
आईसीसीले २०१९ को लागि पठाएको तलब ३ दिनभित्रमा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा ट्रान्सफर हुने चन्दले जानकारी दिए । यस्तै यसपटक विभिन्न ग्रेडमा रहेका खेलाडीहरुको तलब १० हजारले बढेर आउनेछ । खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ । जसमा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडले ३५ हजार र सी ग्रेडले २५ हजारका दरले तलब पाउने छन् । त्यसअघि आईसीसीले २०१७ र २०१८ को तलब एकमुष्टरुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस