एकै दिन ९ सयले बढ्यो सुनको भाउ, कति छ आज ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २३, शुक्रबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन ९ सय रुपैयाँले बढेको हो ।साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार सुन ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो ।

शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुनको आजको मूल्य ९४ हजार ३ सय कायम गरिएको छ । यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढ्दै १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस