असोज २५, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ८ सय रुपैयाँले नै बढेको हो । शुक्रबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले बढेर तोलाको ९५ हजार ६०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।