असोज २५,काठमाडौँ । प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनका थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दैछ ।