यमनमा सैनिक र हुथी विद्रोहीबीचको झडपमा कम्तीमा १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १४, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाण्डौ । यमनमा सैनिक र हुथी विद्रोहीबीचको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अभियान प्रान्तमा भएको झडपमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ एसटीसी समूहबीच झडप भएको हो ।

सोक्रममा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ । यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस