भाद्र ३१, काठमाडौं । फिलिपिन्स र अमेरिकामा आएको शक्तिशाली आँधीपछि आएको बाढिका कारण लाखौं जनता प्रभावित भएका छन् ।
फिलिपिन्समा आएको मांगटुक आँधीका कारण १४ जनाको मृत्यु भएको छ ।
आँधीका कारण फिलिपिन्सले ठुलो आर्थिक नोक्सानी बेहोरेको बीबीसीले उल्लेख गरेको छ । कागायान प्रान्तमा लगाइएको कयौं हेक्टर जमिनको बाली नष्ट भएको छ ।
फिलिपिन्सबाट सो आँधी अब चीनतर्फ लागेको छ । आँधी चीन तर्फ सरेपनि बाढीको उच्च जोखिम कायमै रहेको भन्दै स्थानियलाई अन्यत्र सारिएको छ । विभिन्न शिविरमा १ लाख भन्दा बढी बस्न बाध्य छन् भने ५० लाखका लागि थप व्यवस्था गरिरहेको फिलिपिनो सरकारले उल्लेख गरेको छ ।
उता, अमेरिकामा आएको फ्लोरेन्स आँधीका कारण ११ जनाको मृत्यु भएको छ । आँधी केही कमजोर हुँदै गएपनि बाढीको जोखिम भने कायमै छ । बाढीमा फसेकाको उद्धारका लागि ९ हजार ७ सय सुरक्षा फौज खटाइएको छ ।
आँधीबाट ४ हजार भन्दा बढि घरहरु ध्वस्त भएपछि हजारौं मानिस शिविरमा बस्न बाध्य भएका छन् ।