चीनको एक कोइला खानीमा ग्यास चुहावट हुँदा १८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २१, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन मनोअक्साइड ग्यास चुहावट हुँदा कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ । चिनियाँ समाचार संस्थाहरूका अनुसार चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार भएको उक्त घटनामा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए ।

खानीमा फसेका अझै पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको राज्य सञ्चालित चिनियाँ टेलिभिजन सीसीटीभीले जानकारी गराएको छ । शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ । करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस