मंसिर २९, काठमाण्डौ । डिजिटल कारोबार गर्ने व्यक्तिका लागि भारतले खुशीको खबर दिएको छ । भारतीय रिजर्व बैंकले भोली देखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्टको सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यो सेवा १ डिसेम्बर राति १२ः३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ ।
भारतीय रिजर्व बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध हुने घोषणा गरेको छ । यसको अर्थ सेवाग्रहीहरूले अब उपरान्त आरटीजीएस मार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ ।
आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको बताए । आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पुर्याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले भने । आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो । यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ । आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ। यस मार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।