तत्काल वृद्धभत्ता नबढ्ने : पुरक बजेटबारे सरकारमा छलफल नै भएन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २, मंगलबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असोज २,काठमाडौँ । सरकारले तत्कात वृद्धभत्ता नबढाउने भएको छ । पुरक बजेट ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्याउने हल्ला चले पनि तत्काल त्यो सम्भावना नरहेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । तत्कालीन एमाले र माओवादीले चुनावअघि घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख थियो ।

तर बजेटमा त्यो व्यवस्था समेटिएको छैन । केही दिनअघि भारत भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुरक बजेट नै ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्याउने बताएका थिए ।

तर मंगलबार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने, ‘पुरक बजेट ल्याउनै परे अर्धवार्षिक समिक्षापछि आउने हो, अहिले पुरक बजेटको सम्भावना छैन, सरकारमा यो बारेमा छलफलै भएको छैन ।’

कार्यक्रममा अर्थसचिव राजन खनालले पनि पुरक बजेटबारे संविधानमै स्पष्ट व्यवस्था भएको र संविधानमा उल्लेख भएको अवस्था अहिले सृजना नभएकोले पुरक बजेट नआउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस