बिश्वमा कोरोना अबस्था : संक्रमितको संख्या ८ करोड नाघ्‍यो, ५ करोड ६४ लाख निको भए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ११, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस ११, काठमाडौ । कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघेको छ । यो खबर तयार पार्दासम्म ४ लाख ६६ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड १ लाख नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ५ करोड ६४ लाख निको भएका छन् भने १७ लाख ५६ हजारको मृत्यु भएको छ । अझैपनि २ करोड १९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

विश्व समुदाय प्रभावित हुँदा नेपालमासमेत कोरोनाबाट १८ सय १६ जनाले ज्यान गुमाइसकेका छन् । २ लाख ५७ हजार दुई सय संक्रमित रहेको नेपालमा २ लाख ४८ हजार २९२ जनाले भने कोरोना जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस