पुस १३, काठमाण्डौ । चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेका छन् । मिडियामा प्रकाशित रिपोर्ट अनुसार हमलामा सातजनाको घाइते भएको छ ।
लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको हमलामा सातजना घाइते पनि भएका छन् । सरकारी समाचार एजेन्सी शिन्ह्वाको रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । यद्यपि, हमला के कति कारणले गरियो, त्यसको कुनै स्पष्ट जानकारी भने छैन । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रिपोर्टमा भनिए अनुसार उनीहरुले एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेको देखे । चीनमा यस्तो प्रकारको हिंस्रक अपराध तुलनात्मक रुपमा कमै हुन्छन् तर पछिल्लो केही वर्षमा चक्कू वा धारिलो हतियारले हमला गर्ने घटना बढ्दो छ ।