क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प, ७ जनाको मृत्य !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १५, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाण्डौ । क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।​ भूकम्पमा परेर १२ वर्षकी बालिकासहित ७ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । मृत्यु भएका सातै जनाको शव जाजिनामा रहेको चर्चबाट निकालिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

पेट्रिन्जाका मेयरका अनुसार सहरको झण्डै आधा भाग भूकम्पले ध्वस्त गरेको छ। भूकम्पको धक्का क्रोएसियाको राजधानी जाग्रेव, बोस्निया र सर्वियासँगै इटालीमा पनि महशुस गरिएको थियो । अहिले खोजी र उद्धारको काम चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस