जापानमा हिउँमा परेर १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष २८, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २८, काठमाण्डौ । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस