माघ १४, काठमाण्डौ । भारतीय सेनाको हेलिकप्टर सोमबार साँझ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एक जना घाइते छन् । भारतीय सेनाको ध्रुव हेलिकप्टर जम्मु कश्मीरमा दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनालगत्तै पाइलट गम्भीर घाइते भएका थिए ।
स्थानीय अधिकारीहरुका अनुसार सेनाको हेलिकप्टर कठुआस्थित लखनपुर इलाकामा स्थानीय समय अनुसार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको हो । सोमबारको हेलिकप्टर दुर्घटनाको कारण भने खुलिनसकेको भारतीय मिडियाले जनाएका छन् ।