अमेरिकाका राष्ट्रपति बाइडेनद्धारा पहिलोपटक रुसका राष्ट्रपति पुटिनसँग कुराकानी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका अनुसार बाइडेनले मंगलबार फोन गरी पुटिनसँग रुसका विपक्षी नेता एलेक्सी नभाल्नी पक्राउ, साइबर जासुसमा रुसको संलग्नता र अफगानिस्तानमा अमेरिकाको सैनिक हत्याका लागि गरिएको पुरस्कार घोषणाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

कुराकानीका क्रममा बाइडेनले रुसले आफूलाई वा आफ्ना सहयोगीलाई हानी हुने कुनै पनि कामरकारबाही गरेमा अमेरिकाले त्यसको कडा जवाफ दिने चेतावनी दिए । यसका साथै दुवै राष्ट्रपतिले पारदर्शीता र सौहार्दतालाई अघि बढाउने सहमति जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस