अब कपडा बाहिरबाट संवेदनशील अंग छोए यौनहिंसा नहुने अदालतको फैसला

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १४,काठमाण्डौ । भारतको बम्बई उच्च अदालतले कपडा बाहिरबाट संवेदनशील अंगलाई छोए यौनहिंसा नमानिने निर्णय गरेको छ । कपडा बाहिरबाट गरिएको एक यौनहिंसाको फैसला गर्दै यसलाई हिंसा नमान्ने अदालतले निर्णय गरेको हो ।

सन् २०१६ को डिसेम्बरमा एक ३९ वर्षका पुरुषले एक १२ वर्षीया बालिकालाई कपडा नखोलि यौन हिंसा गरेका थिए । बालिकाका परिवारले ती पुरुषविरुद्ध उजुरी दिए । यस मुद्दामा अदालतका न्यायाधीश पुष्पा गनेदिवालाले कपडा नखोलिएकाले यस घटनालाई यौनहिंसा नमानिने फैसला गरेकी हुन् ।

उनलाई यौन दुर्व्यवहारको आरोपमा मुम्बईको तल्लो अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो । तर उनले उच्च अदालतमा यस मुद्दामा आफू दोषी भएको विषय उठान गरेका थिए । गत जनवरी १९ मा न्यायाधीश गनेदिवालाले उक्त कार्य यौन हिंसामा नपर्ने बताएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस