माघ १८, काठमाण्डौ । धनगढीमा आयोजित कार्यक्रममा पुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले संसद विघटन नभएको बताएका छन् । उनले केपी ओलीको सरकार चाहिँ विघटन भएको तर्क गरेका छन् ।
कार्यक्रममा उनले अहिले अदालतमा यो विषयमा मुद्दा नचलेको भए आफूहरुले संसद अधिवेशन बोलाउने र यसमा आफूहरुलाई अरु दल नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टीले पनि साथ दिने निश्चित रहेको बताएका छन् । साथै, उनले सुदूरपश्चिममा आफ्नो पक्षमा अधिकांश नेता रहेको पनि कार्यक्रममा दाबी गरेका छन् ।
सुदूरपश्चिमका नेता लेखराज भट्ट पछिल्लो समय नेकपामा ओली समूहमा छन् । यही कारण पनि प्रचण्डले अहिले पनि सुदूरपश्चिमका अधिकांश नेता आफ्नो पक्षमा रहेको दाबी गरेका हुन् ।