चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

Post Thumbnail

फागुण १२, काठमाडौ । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकालगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । उनले भने, “मूल्याङ्कन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ ।”

तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ । वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए । ती घरहरुमा नक्सा लिएर मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस