जापानमा शक्तिशाली तुफानका कारण ८४ जना घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ आश्विन १५, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । । जापानमा आएको चामी नामको शक्तिशाली तुफानका कारण ८४ जना घाइते भएका छन् ।

प्रतिघण्टा २ सय १६ किलोमिटरको रफ्तारमा आएको तुफानले जापानको ओशाका शहरको जनजीवन अस्तब्यस्त बनाएको छ ।

ठाउँठाउँमा रुख ढलेका छन् भने सयौं सवारीसाधनमा क्षती पुगेको अधिकारीहरुले जनाएका छन् ।

बिजुली आपूर्ति बन्द भएका कारण ७ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

तुफानका कारण यातायात र हवाई सेवा समेत अबरुद्ध बनेको छ । जापानमा २५ वर्षपछि आएको यो सबैभन्दा शक्तिशाली तुफान भएको मौसमविद्हरुले जनाएका छन् ।

तुफान प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । तुफनका बेला घरबाट बाहिर ननिस्कन अपील गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस