मालीमा २५ भन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ आश्विन १६, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ ।

“गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,” स्थानीय एक अधिकारीले भने ।

स्थानीय सुरक्षा श्रोत र अर्का एक सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टी गरेको समाचारमा जनाइएको छ ।

“आक्रमणकारीहरु मोटरसाईकलमा आएका थिए । मानिसहरु बसेका ठाउँमा जथाभावी गोली प्रहार गरे,” ती अधिकारीले बताए ।
गत सेप्टेम्बर २५ तारिखका दिन मेनकाको पश्चिमी क्षेत्रमा भएको यस्तै आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।
फुलानी र टरेगमा भएका घटनाहरुमा परी यस बर्ष मात्रै झण्डै २०० जना मारिएको अधिकारीहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस