इण्डोनेसियामा विनाशकारी भूकम्प र सुनामी : मृत्यु हुनेको संख्या १२०० नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ आश्विन १६, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १६,काठमाडौँ । इण्डोनेसियामा विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२०० नाघेको छ ।

यसअघि यो संख्या ८४४ थियो । अहिले मृतकको संख्या बढेर १२ सय नाघेको राहत तथा उद्दारमा जुटेका अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसिया रेडक्रसका अधिकारीहरुका अनुसार एउटा चर्चमा ३४ विद्यार्थीको शव भेटिएको छ । उनीहरुको एक साथ दाहसंस्कार गरिएको छ । ५४ जना अझै वेपत्ता छन् ।

पालु शहरको रोअ होटलमा अझै केही मानिस फसेका छन् । यो संख्या ५० हाराहारी भएको अनुमान छ ।

इन्डोनेसियामा शुक्रबार ७।५ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि तटिय क्षेत्रमा शक्तिशाली सुनामी आयो ।

प्रभावित क्षेत्रमा ६० हजार मानिस घरबारविहीन भएका छन्, जसलाई मदतको जरुरी छ । हिलोको दलदल रहेको क्षेत्रको स्थिति भयावह रहेको अधिकारीहरुले बताएका छन् ।

भूकम्प तथा सुनामी प्रभावितहरु पाल टाँगेर बसेका छन् । उनीहरुले अझै राहत पाएका छैनन् । पानीका लागि समेत समस्या छ । सडक, विमानस्थल र सञ्चार सम्पर्क पनि टुटेको छ ।

भूकम्पले अस्पतालहरुमा समेत क्षति पुगेको छ, यसले घाइतेहरुको उपचार समेत खुला चौर र त्रिपालमुनी गर्नु पर्ने अवस्था छ ।

हजारौं मानिस पालु एयरपोर्ट सञ्चालनको आशामा छन् । प्रभावितहरुमा बालबालिकाको अवस्था निकै दयनीय रहेको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस