बैशाख १६, दोलखा । विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन वैशाख भित्रै हुने निश्चित भएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बिहिवारबाट मुख्य सुरुङमा पानी पठाउने तयारी पूरा गरेसंगै उत्पादन निश्चित भएको हो ।
आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको काम सकिएसंगै मुख्य सुरुङमा पानी परिक्षण सुरु गर्न थालिएको हो । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको प्रवक्ता डाक्टर गणेश न्यौपानेका अनुसार तेर्सो सुरुङमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सम्पन भएको छ ।
सुरुको डिजाइन अनुसारको पेनस्टक पाईप बन्न नसक्दा आयोजनाको काम प्रभावित भएको थियो । लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे ईन्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्सप्यान्सन जोइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोन गरिएको थियो ।