बैशाख २५, काठमाण्डौ । बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका उम्मेदवार विजयी भएका छन् । शुक्रबार आएको मत परिणाममा अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन् । बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए ।