जेठ १३, काठमाडौ । आगामी डिसेम्बरसम्म ६० करोड भारतीयलाई कोरोना विरुद्धको खोपको दुवै डोज लगाइसकिने दावी गरिएको छ ।
मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने दावीसमेत गरेका छन् । वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने ‘हब’को संज्ञासमेत दिएका छन् ।