अमेरिकाले नेपाल खोप दिने घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २१, शुक्रबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाण्डौ । जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ ।

संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन् । काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ । नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस