जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे छलफल

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७८ जेष्ठ २२, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ २२, जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् ।

मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस