भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम, २४ घण्टामा ८७ हजारमा संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २५, मंगलबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाडौ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार ३४५ जनामा संक्रमण भएको छ । यसअघि गत चैत्र २१ मा८९ हजार१९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता लगायतार वृद्धि भएको संक्रमण पहिलो पटक १८ वैशाखमा ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ पुगेको छ । आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ११५ मा झरेको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ५१ हजार ३४४ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस