भारतमा कोरोनाको दोस्रो लहरबाट ७ सय ३० जना डाक्टरको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ ३, बिहिबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । भारतमा कोरोनाको दोस्रो लहरमा ७३० डाक्टरले ज्यान गुमाएका छन् । भारतीय मेडिकल एसोसियसनले दोस्रो लहरमा ७३० डाक्टरको मृत्यु भएको बताएको हो । एसोसियसनले सबैभन्दा बढी डाक्टरको मृत्यु विहार राज्यमा भएको जनाएको छ ।

विहारमा ११५ डाक्टरको मृत्यु भएको छ भने दिल्लीमा १०९ डाक्टरको मृत्यु भएको जनाएको छ । त्यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्रप्रदेशमा ३८ डाक्टरको मृत्यु भएको एसोसियसनले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस