असार ७, काठमाडौ । विश्वमा २४ घण्टामा २ लाख ८९ हजार ८ य ६१ जना कोरोनाका संक्रमित थपिएका छन् भने ३ लाख २१ हजार २ सय ९९ जना निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार ९ जना कोरोनाका संक्रमित थपिएका छन्। ३९ करोड १० लाख १९ हजार ८३ नमुना परीक्षण गरिएकोमा भारतमा २ करोड ९९ लाख ३४ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट भारतमा हालसम्म ३ लाख ८८ हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा १ हजार बढीको मृत्यु भएको छ। हालसम्म विश्वमा ३८ लाख ८१ हजार ५ सय ३८ जनाको कोरोनाका कारण ज्यान गएको छ।