भारतमा ४६ हजारमा कोरोना संक्रमण, ५८ हजार संक्रमण मुक्त !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ १४, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार १४८ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ५८ हजार ५७८ जना संक्रमण मुक्त भएका छन् । भारतभर ३ करोड २ लाख ७९ हजार ३३१ जनामा संक्रमण पुष्टि भइसक्दा हाल भने ५ लाख ७२ हजार ९९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यस्तै, संक्रमणका कारण थप ९७९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ लाख ९६ हजार ७३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस