समुद्री आँधी र बाढीमा परी अमेरिकामा ४१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ भाद्र १८, शुक्रबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भदौ १८, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ ।

यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् ।

समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । यो अस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् ।

न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।

न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा मृत्यु भएकाहरुमध्ये धेरैजसो पानीको सतह बढेपछि आफ्नै सवारीसाधनमा फसेकाहरु रहेको बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस