न्यायाधीशहरुलाई सरकारले दिएको मेडल अस्वीकार गर्न नेम्वाङको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ३, आईतबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने, नकेपा एमाले फुटाउन भूमिका खेल्नेसँगै फैसला सुनाउने न्यायाधीशलाई समेत मानपदवी/अलंकार दिनु अर्थपूर्ण भएको बताएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले यसले मिलेमतोको सन्देश दिने संकेत गरेका हुन् । पारि चितुवा करायो, वारि सिंगारी हरायो भने झै केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मुद्दा हाल्न पहल गर्ने र परमादेशबाट नयाँ सरकार बनाउने न्यायाधीशलाई पदक दिइएको उनले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ ।

प्रतिनिधि सभा विघटनको दोस्रो मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्कालाई सुकीर्तिमय राष्ट्रद्वीप पदक दिनइएको छ । कानूनका विद्यार्थीहरु सुलभ खरेल र समृत खरेलले पनि जनसेवाश्री पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस