बालुवाटार सर्बदलिय बैठक : एमालेको लागि छुट्टयाएको कुर्सी खाली !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १४, बिहिबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

आश्विन १४,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्बदलिय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका छन् । बालुवाटार बैठकमा उनिहरुको लागि छुट्टयाइएको कुर्सी खाली भएको छ । एकपछि अर्को गर्दै एमाले संवाद र सहकार्यबाट निरन्तर भागरिहेको छ । केहीदिन अघि सभामुख अग्नी सापकोटाले संसद सञ्चालन गर्न सर्बदलिय बैठक डाक्दा पनि एमाले सहभागी भएको थिएन् ।

सर्वदलिय बैठकपछि सरकारले एमालेले दलहरुसंग सहकार्य नगरेर भाग्न् खोजेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रित थियो । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ । एमाले अध्यक्ष समेत रहेका पुर्वप्रधानमन्त्री केपी ओलीले यसअघि २/२ पटक संसद विघटन गरेका थिए ।

विपक्षीले अध्यक्ष ओलीलाई संसद नै नचाहेर विघटन गरेको र संसद पुनस्थापनापछि पनि संसदप्रति प्रतिपक्षी जिम्मेवार नबनेको आरोप लगाउने गरेका छन् । यद्यपी ओली भने विपक्षीको कुरामा सहमत छैनन् । उनले सरकार र पाँच दलिय गठबन्धनले विपक्षीलाई पेलेर अघि बढेको प्रत्यारोप लगाएका छन् । सोही अनुसार सत्तारुढ गठबन्धन नसच्चिएसम्म संसद सहज ढंगले चल्न नदिने निष्कर्ष निकालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस