अखिल क्रान्तिकारीको बन्दसत्र सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १५, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष प्रचण्डले बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा उदघाटन गरेर सुरु भएको थियो।

२२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ ।

बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् ।

त्यसपछि विभिन्न समूह बनाएर प्रतिवेदन उपर छलफल हुनेछ । प्रत्येक समूहले एक टोली नेता छान्ने छन् र छलफलपछि हलमा टोली नेताले छलफलमा उठेका विषय राख्ने एक नेताले बताए । प्रतिवेदन पारित भएपछि नेतृत्व निर्माणको प्रक्रिया अघि बढ्नेछ । २१ औं राष्ट्रिय सम्मेलनमा इतिहासमै पहिलोपटक निर्वाचनमार्फत् रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए ।

अध्यक्ष पदमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह मुख्य दाबेदार छन् । उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी पनि अध्यक्षका आकांक्षी छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस