अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई पार्टीको केन्द्रीय सदस्य बनाउँछु : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १७, आईतबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन् ।

अखिल क्रान्तिकारीका नेताहरुसँग आज बिहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले पञ्चा सिंहलाई संगठनको अध्यक्ष बनाउने र अन्य दाबेदारहरुलाई तत्काल पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी दाबेदार थिए ।

पार्टीमा युवाहरुलाई स्थान दिने विधानको व्यवस्था अनुसार अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारहरुलाई पार्टी केन्द्रमा स्थान दिने भनेर प्रचण्डले आश्वासन दिएको एक नेताले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस