आजै मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी छ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १८, सोमबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए ।

सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिश अझै जारी छ’ उनले पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा भने, ‘नभए आज टुंग्याउने भएको हुनाले मलाइ समयको दबाब छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस