मंसिर २७, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
बार्सिलोनाले ओसासुनासँग २/२ गोलको बराबरी खेलेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।
निको गोन्जालेजले १२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औँ मिनेटमा ओसासुनाका डाभिड गार्सियाले १/१ गोल गदै खेललाई बराबरीमा ल्याए । खेलको ४९औँ मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २/१ को अग्रता दिलाए ।तर, खेलको ८७ औँ मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २/२ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै बार्सिलोना २४ अङ्कसहित आठौँ स्थानमा छ भने २२ अङ्क रहेको ओसासुना दशौँ स्थानमा छ ।