‘ए’ डिभिजन लिगमा आजबाट पाँचौं चरणको खेलहरु हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष २, शुक्रबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस २, काठमाडौँ । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पाँचौं चरणका सुरुआती दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । लिग अन्तर्गत नै दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल ४स्४५ बजे सुरु हुनेछ ।

लिग अन्तर्गत ४ खेल खेलेको आर्मी ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा आर्मी अपराजित रहेको छ । त्यस्तै, संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, मछिन्द्र भने १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस