पुस २, काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।
पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । आयोजक बंगलादेशले र नेपालले समान दुई खेल खेल्दा चार–चार अंक जोडेका छन् । नेपाल तेस्रो र बंगलादेश दोस्रो स्थानमा रहेको छ ।
भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । तेस्रो स्थानको भुटानले फाइनलको सम्भावना कायमै राखेको छ । लगातार तीन खेलमा हार व्यहोरेको श्रीलंका भने उपाधि होडबाट बाहिरिसकेको छ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । यता भुटानले भने पहिलो खेलमा श्रीलंकलाई ५–० ले पराजित गरेपनि दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो।
भुटानले तेस्रो खेलमा भारतसँग ३–० पराजय भोगेको थियो । नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ ।