अफ्रिकन कपको उपाधि सेनेगललाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २४, सोमबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौं । सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि हात पारेको छ । गएराति भएको फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि सेनेगल र इजिप्टबीचको फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा सेनेगल ४-२ गोल अन्तरले विजयी भएको थियो ।

प्रतियोगितामा साडियो मानेले उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका छन् । यस अफ्रिकन कप अफ नेसन्समा सबैभन्दा धेरै कुल ८ गोल गरेका क्यामरुनका भिनसेन्ट अबोउवाकरले गोल्डेन बुट जितेका छन् । त्यस्तै चेल्सीबाट खेल्ने सेनेगलका गोलकिपर एडोउआर्ड मेन्डीले बेस्ट गोलकिपरको अवार्ड जितेका छन् ।

त्यस्तै १०औ पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको इजिप्ट भने यस पटक उपविजेतामा चित्त बुझाएको छ । इजिप्ट सबैभन्दा धेरै ७ पटक अफ्रिकन च्याम्पियन बनेको छ भने योसहित तीन पटक उपविजेता बनेको छ ।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस