माघ २७, काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले हराउँदै चेल्सी फाइनलमा पुगेको हो ।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ ।
क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।