चारदेशीय टी–ट्वान्टी सिरिजः युएईसँग नेपालको हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २९, शनिबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध २५ रनले हारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाए । आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे ।

युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।

युएईका लागि चिराग सुरीले अविजित ५३ सर्वाधिक ८४ रनको योगदान गरे । रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । मोहमद वासिमले १३ बलमा २२ रन जोडे ।
मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस