इङ्लिस प्रिमियर लिगः लिभरपुलको कठिन जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २, सोमबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २, एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रेलिगेशन जोनमा रहेको बर्नलीलाई हराएको छ । आईतबार राति तालिकाको पुछारमा रहेको क्लबमाथि लिभरपुलले १–० को कठिन जित निकालेको हो ।

लिभरपुलको जितमा फाबिन्होले विजयी गोल गरे । उनले पहिलो हाफ अघि पाहुना टोलीका लागि गोल गरेका थिए ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी ९ ले घटाएको छ । लिभरपुल २४ खेलबाट ५४ अंक जोडेर दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यानचेस्टर सिटीको २५ खेलबाट ६३ अंक छ ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस