३३ किलो सुन प्रकरण : सुनुवाइ गर्ने पाँच न्यायाधीशमाथि छानबिन सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बहुचर्चित ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने उच्च अदालत विराटनगरका पाँच जना न्यायाधीशमाथि छानबिन सुरु गरेका छन् ।

न्याय परिषदको अध्यक्षसमेत रहेका राणाले ३३ किलो सुन प्रकरणको आदेश र फैसला गर्ने पाँच न्यायाधीशलाई बिहीबार न्याय परिषद्मा हाजिर गराएका हुन् । स्रोतका अनुसार विराटनगर उच्च अदालतका न्यायाधीशमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदीवाई परिषदमै हाजिर गराइएको छ ।

राणा न्याय परिषदको अध्यक्ष भएपछि विराटनगर निरिक्षणका लागि गएका थिए । विराटनर जाँदा ३३ किलो सुन प्रकरणमा अदालतको आदेशविरुद्ध उजुरी परेपछि राणाले छानबिन सुरु गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस